भारत लैजादैं गरेको ४३० लिटर डिजेल नियन्त्रणमा

<span class='c1'>भारत लैजादैं गरेको ४३०</span> <span class='c2'>लिटर डिजेल नियन्त्रणमा</span>

विराटनगर । विराटनगर महानगरपालिका ११ स्थित केशलिया नहर छेउबाट भारत लैजादैं गरेको ४३० लिटर डिजेलसहित सुनसरीका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
प्रहरीले सुनसरी हरीनगरागाउँपालिका ६ का सत्रुधन साह, नजाम खान, र अकवाल मियाँले ३ वटा मोटरसाईकलमा नेपालबाट भारततर्फ भन्सार छली चोरी निकासी गरेर लैजादैं गरेको डिजेल बरामद गरेको हो ।

प्लाष्टिकको गिलेनमा ४३० लिटर डिजल लादैं गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले मानिस सहित ३ वटा मोटरसाइकल र डिजेल ४३० लिटर नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएको डिजेटल ३४ हजार ४०० बराबरको हुने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्