लैङ्गिक हिंसा न्यूनीकरणका लागि सरकार प्रतिवद्ध छ : राज्यमन्त्री गजमेर

<span class='c1'>लैङ्गिक हिंसा न्यूनीकरणका लागि सरकार</span> <span class='c2'>प्रतिवद्ध छ : राज्यमन्त्री गजमेर</span>

विराटनगर । लैङ्गिक हिंसा अन्त्यका लागि सङ्घीय सरकार र प्रदेश सरकारले प्रभावकारी कदम चालेको प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले बताउनु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक), माइती नेपाल, ओरेक लगायतका आधा दर्जन बढी अधिकारको क्षेत्रमा क्रियाशिल सङ्घसंस्थाले नोभेम्वर २५ अर्थात् (मङ्सिर १०) गते विराटनगरमा आयोजना गरेको लैङ्गिक हिंसा विरूद्धको १६ दिवसीय अभियानको उद्घाटन गर्दै राज्यमन्त्री गजमेर लैङ्गिक हिंसा न्यूनीकरणका लागि सबैको साझा प्रतिवद्धता आवश्यक रहेको बताउनु भएको हो ।

उहाँले विगतको समयमाअधिकारकर्मीहरूले हिंसा नसहन र न्यायका लागि आवाज उठाउनु फैलाएको चेतनाका कारण पछिल्ला दिनमा सबै तहर तप्काबाट न्यायका लागि आवाज उठ्न थालेको बताउनु भयो । मन्त्री गजमेरले १६ दिवसीय अभियानले सबैलाई एकतावद्ध गरी लैङ्गिक हिंसा अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रदेश १ मा अभियान सुरू भएको बताउनु भयो ।

नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म विश्वव्यापी रूपमा मनाईने लैङ्गिक हिंसाविरूद्ध यस वर्षको नारा लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता रहेको छ । सो अवसरमा बोल्दै इन्सेक प्रदेश १ संयोजक सोमराज थापाले व्यवस्था फेरिए पनि व्यवहार नफेरिएकाले आशातीत रूपमा लैङ्गिक हिंसाको अन्त्य नभएपनि इन्सेक लगायत अधिकारको क्षेत्रमा क्रियाशील नागरिक सङ्घसंस्थाले राज्यलाई सधैँभरी सचेत गराएका कारण सङ्घीय सरकारबाट महिला तथा बालबालिकामाथि हुने हिंसाका कानुन हरूलाई कठोर बनाउँने गरी सङ्घीय सरकारबाट अध्यादेश जारी हुनु सकारात्मक रहेको बताउनुभयो ।

छलफल कार्यक्रममा आफ्नाधारण राख्ने क्रममा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश १ कार्यालय निमित्त प्रमुख गीता दहालले राज्यएक्लैले मात्र लैङ्गिक हिंसा न्यूनीकरणका लागिकार्य गर्न नसक्ने बताउनु भयो । उहाँले राष्ट्रिय मानवअधिकार आयोगले समयसमयमा लैङ्गिक हिंसा वा अन्यकुनै हिंसा परेकाहरूलाई न्याय दिलाउनका लागि आयोगले सरकार समक्ष सिफारिस गर्दै आएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्