आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरिदै

आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरिदै

विराटनगर । हिन्दुधर्मालम्बीहरुले बुधबार र बिहीबार हरिबोधनी एकादशी पर्व मनाउने गरेका छन् । बिहीबार एक घडीमात्रै हरिबोधनी पर्व रहेकोले कतिपयले बुधबार नै एकादशी व्रत बस्ने गरेका छन् भने धेरैले बिहीबारको लागि यो पर्व मान्ने गरेका छन् ।

अहिलेको यो एकादशीबाट भगवान् विष्णुलाई जगाउने एकादशीको रुपमा चिनिन्छ । ४ महिनाअघि शयनको लागि समुद्रमा पुगेका भगवान विष्णु कात्तिक एकादशीका दिन उठेर वैकुण्ठ जान्छन् भन्ने मान्यता रहेको छ ।
सामान्यतया पञ्चाङ्गले एक महिनामा दुई वटा एकादशीको व्यवस्था गरेको छ । एकादशीमा उपवास बस्नेहरु हरेक महिनामा दुई दिन नुन र बिटुलो अन्न नखाएर व्रत बस्ने गर्छन् ।

तर यही रितले हरेक वर्ष २४ वटा एकादशी र अधिकमास परेको बेलामा २६ वटासम्म एकादशी पर्ने गर्छ ।
पुराणका अनुसार एकादशी व्रत गर्ने व्यक्ति जीवनमा कहिले पनि संकटमा पर्दैन वा धन र समृद्धिको लागि एकादशी व्रत उपयोगी छ भन्ने धार्मिक मान्यता छ । हरेक महिना मनाइने भिन्दाभिन्दै एकादशीको अलगअलग लाभ देख्न सकिन्छ । व्यक्तिको स्वास्थ्य, योनी, राक्षस, प्रेतहरू आदिबाट मुक्ति, विभिन्न पापहरूबाट छुटकारा पाउनको लागि एकादशी व्रत लाभदायक रहेको धार्मिक मान्यता छ । आज बर्तालुहरुले तुलसीको पुजा गर्दै विवाह गरिदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्