शिवसताक्षीमा दुई तालीम केन्द्र बन्दै

शिवसताक्षीमा दुई तालीम केन्द्र बन्दै

शिवसताक्षी नगरपालिकामा रु दुई करोड ५० लाखको लागतमा बन्न लागेको दुई तालीम केन्द्र भवनको शिलान्यास गरिएको छ । गोपालगौरी दिगो विकास प्रतिष्ठानले निर्माण गर्न लागेको भवनको झापा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लालप्रसाद सावाँले बुधबार शिलान्यास गर्नुभएको हो ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष इन्दिरा गौतमले व्यक्तिगत रुपमा वडा नं ११ मा खरीद गरेको २२ धुर जग्गामा अत्याधुनिक र भूकम्प प्रतिरोधात्मक भवन निर्माण हुने प्रतिष्ठानका झापा अध्यक्ष भद्रदुमी राईले बताउनुभयो । प्रतिष्ठानको जनसम्पर्क कार्यालयसहित भवनमा सिलाइ, ढाकाका वस्तु, पार्लर र प्रतिष्ठानले उत्पादन गरेका वस्तुको प्रदर्शनी कक्ष रहने जनाइएको छ ।

सेवाग्राही र प्रशिक्षार्थीको सुविधाका लागि भवनमा लिफ्ट जडान हुने भएको छ । लिफ्ट जडानसहित बनेको भवन शिवसताक्षीमा यो पहिलो हो । प्रतिष्ठानका अध्यक्ष गौतम एकल हुनुहुन्छ । श्रीमान् र तीन छोराको अवसानपछि विरक्तिएको मन बुझाउन सामाजिक क्षेत्रमा आपूm क्रियाशील रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पिर खप्न नसकेर पटकपटक आत्महत्याको प्रयास गरेँ तर समस्यासँग भाग्नुभन्दा जुध्ने इच्छा भएर सामाजिक क्षेत्रमा क्रियाशील बनेकी हुँ ।”

भूकम्प, बाढी, हावाहुण्डरी, कोभिड जस्ता दैवीप्रकोप र महामारीबाट पीडित बनेका परिवारलाई राहत, पुनःस्थापना गर्ने कार्यमा अग्रपङ्क्तिमा रहनुभएका उहाँको सामाजिक उत्तरदायित्वका क्षेत्रमा अनुकरणीय योगदान रहँदै आएको नगरपालिकाका उपप्रमुख भोजकुमार नेपालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्