मोरङका दुई पुरुषको कोरोना संक्रमणबाट मृत्यु

मोरङका दुई पुरुषको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । कोरोना भाईरस संक्रमणका कारण मोरङका दुईजना पुरुषको मृत्यु भएको छ । लेटाङ र रतुवामाई घर उनीहरुको बिहीबार मृत्यु भएको हो । लेटाङका पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा र रतुवामाईका पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो ।

लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीबार बिहान ज्यान गएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि मंसिर ९ गते मंगलबार उपचारका लागि वृद्धलाई भर्ना गरिएको थियो ।
रतुवामाई नगरपालिका–८ का कोरोना संक्रमित ८० वर्षीय वृद्धको होम आइसोलेसनमै मृत्यु भएको हो । रतुवामाई नगरपालिकाका मेयर रविन राईले कोरोना पुष्टि भए पनि आफ्नै घरमा बसिरहेका वृद्धको निधन भएको बताउनुभयो ।

उनका अनुसार सामान्य रुघाखोकी लागेपछि वृद्धको पीसीआर परीक्षण गराउँदा मंसिर १ गते रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना पुष्टि भए पनि सामान्य अवस्थाका कारण होम आइसोलेसनमै रहेका वृद्धको अचानक स्वास्थ्यमा समस्या देखिएको र उपचारका लागि लैजान नपाउँदै ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्