साईकल यात्री स्वेतालाई मोरङ प्रहरीद्वारा अभिनन्दन

साईकल यात्री स्वेतालाई मोरङ प्रहरीद्वारा अभिनन्दन

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लैंगिक हिंसा विरूद्धकी अभियान्ता स्वेता श्रेष्ठलाई अभिनन्दन गरेको छ । लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति समाज र सबैको ऐक्यवद्दता भन्ने राष्ट्रिय नाराका साथ विश्वव्यापी रूपमा मनाई रहेको १६ दिने अभियानको क्रममा श्रेष्ठलाई बिहीबार सम्मान गरिएको हो ।

श्रेष्ठ ‘इम्पावर वुमेन ट्राभल’भन्ने मुल नाराका साथ मेची–महाकाली साईकल यात्रामा निस्किएकी छिन् । झापा भद्रपुर निवासी लैंगिक हिंसा विरूद्धकी अभियान्ता श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङको प्राङ्गणमा प्रहरी उपरीक्षक सन्तोष खड्काले अभिनन्दन तथा शुभकामना प्रदान गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्