रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ७ स्थित चिस्याङ खोलाको बगरमा रहेको श्री सन्सारी माई मन्दिरमा प्रदेश नम्बर १ सरकारले १० करोड ३३ लाख ३९ हजार २ सय २७ रुपैयाँ बराबरको लागतमा मन्दिर परिसरमा आवश्यक पुुर्वाधार निमार्ण कार्यसुरु गरेको छ ।
तर त्यही कामको ठेक्का लिने कम्पनी धुलिखेल निर्मान सेवा प्राईभेट लिमिटेडले भने बिधुत पोलबाट हुक लगाएर बिधुत चोरी गरेर निर्माणकार्य गरेको पाईएको छ । नेपाल बिधुत प्राधिकरण रंगेलीले उक्त हुकिङ गरेको तार , पानी पटाउने मोटर भने नियन्त्रणमा लिएको थियोे । प्राधिकरणले उक्त कम्पनी लाई २ हजार रुपैयाँ जरिवाना लिएर सो सामान छाडिएको रंगेली प्राधिकरणका प्रमुख अबधेश गुप्ताले बताए । यता धुलिखेल निर्माणका प्रमुख गनु चौलागाईले भने आफूहरुले चोरी गर्ने नियतले हुकिङ गरेर बिधुत नचोरीएको भन्दै पन्छिन खोजे । केही महिना अगाडि समेत सोहि ठाउँ नजिकै कालिका कन्ट्रक्सनले समेत हुकिङ गरेर बिधुत चोरी गरेर काम गरेको समेत भेटिएको थियोे ।