प्रेम देवान
बिराटनगर । नेपाल भारत सिमा नाकामा खटिएका सुरक्षाकर्मी माथी हातपात गर्ने दुई भारतिय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । ड्युटीको समयमा सामान भारतबाट नेपाल तर्फ ल्याउन नदिएको भन्दै प्रहरीमाथी नै हातपात गर्ने एक पुरुष र महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल भारत आवतजावत तथा तस्करी जन्य कार्य गर्नेहरुलाई रोक्न खोज्दा प्रहरी माथी हातपात गर्ने भारत अररिया जोगवनी छोटी मस्जिद बस्ने २७ बर्षिय जुबेर मन्सुरी र सोही स्थान बस्ने ३० की अप्सना खातुनलाई प्रहरीले पक्राउ गरेको हो । मटेरुवा प्रहरी चौकिबाट सिमामा खटेको प्रहरी माथी हातपात तथा बलजवस्ती गर्ने क्रममा एक जना प्रहरी जवानको युनिफर्म समेत च्यातिदिएको आरोपमा ईलाका प्रहरी कार्यालय रानी विराटनगरले नियन्त्रणमा छ ।
[caption id="attachment_129996" align="alignnone" width="1548"] पक्राउ परेका २ भारतिय नागरिक[/caption]
प्रहरी माथी हातपात तथा दुव्र्यव्यहार गर्ने दुवै महिला र पुरुषलाई अदालतबाट म्याद थप गरी अवद्र व्यवहार सम्बन्धी कारबाही अगाडी बढाईने ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिनुभयो । नेपाल भारत दुई देश बिचको सिमा क्षेत्रमा नेपाल सरकारले कोरोना भाइरसको उच्च जोखिमलाई हेर्दै सिमा नाका बन्द भएको अवस्थामा अवैधबाटो हुदै तस्कारहरुको समुहले अझै पनि लुकिछिपी भारतबाट सामान ल्याउने गरेका छन् ।