पुष्पलाल लोकमार्ग समयमै पूरा गर्न प्रभावकारी कदम चालिने

<span class='c1'>पुष्पलाल लोकमार्ग समयमै पूरा गर्न</span> <span class='c2'>प्रभावकारी कदम  चालिने</span>

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा जारी विवाद अन्त्य गर्न दुवै अध्यक्षको अहं भूमिका हुने भएकाले अध्यक्षद्वयको प्रतिवेदन सकेसम्म सचिवालयबाटै एकीकृत गर्ने प्रयास हुने बताउनुभएको छ ।

सदरमुकाम फिदिममा आज प्रेस सङ्गठन पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा नेता नेम्वाङले नेकपाका लागि एकताबाहेकको विकल्प नरहेकाले एकता प्रक्रिया टुङ्ग्याएर स्थायी कमिटीको दिशानिर्देशानुसार सरकार र पार्टी अघि बढ्ने बताउनुभयो ।
राजनीतिक स्थिरता र स्थिर सरकारले मात्रै मुलुकको विकास र समृद्धि सम्भव हुने भएकाले नेकपा स्थायी कमिटीको मर्मअनुसार सबै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । पछिल्लो दुई सातामा जिल्लामा ११ कार्यक्रममा सहभागी हुनुभएका मन्त्री नेम्वाङले स्थानीयस्तरका विकासनिर्माणका कामलाई द्रुत र प्रभावकारी बनाउन विशेष जोड दिइने बताउनुभयो ।

उहाँले पुष्पलाल (मध्यपहाडी) लोकमार्गसहित मुख्य सडक तथा पूर्वाधारका आयोजना समयमै पूरा गर्न सरकारले प्रभावकारी कदम चाल्ने बताउनुभयो । उहाँले सदरमुकाम फिदिम क्षेत्रका सडक विस्तार तथा कालोपत्र, फिदिमस्थित खेल मैदानको स्तरोन्नति र जिल्ला अस्पतालमा भेन्टिलेटर, सघन उपचार कक्ष र अक्सिजन प्लान्ट स्थापना कार्य द्रुत बनाउन निर्देशन दिइएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्