विराटनगर । प्रहरीले विराटनगर महानगरपालिका–९ स्थित हिमालय हल अगाडि सञ्चालनमा रहेको सुमित गेस्ट हाउसका सञ्चाालकसहित छ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गेस्ट हाउसका सञ्चालक सन्तोष पञ्जियारसहित चार पुरुष र दुई महिला छन् । होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाका आधारमा प्रहरीले सञ्चालकसहित चारजना पुरुष र दुईजना महिलालाई पक्राउ गरेको थियो । पक्राउ परेका दुईजना महिलाले आफूहरुलाई जर्वरजस्ती यौन क्रियाकलापमा लगाएको भन्दै सञ्चालक विरुद्ध उजुरी दिएपछि उनी विरुद्ध मानव बेचबिखन विरुद्धको मुद्दामा अनुसन्धान सुरु गरिएको छ ।
मोरङ प्रहरीका प्रहरीका उपरीक्षक सन्तोष खड्काका अनुसार महिलाहरु अन्यायमा परेको देखिएको छ । उनीहरुले सञ्चालकले जर्वरजस्ती आफूहरुलाई यौन क्रियाकलापमा सहभागी गराएको भन्दै प्रहरीमा जाहेरी दिएपछि सञ्चालक विरुद्ध मानव बेचबिखन मुद्दामा अनुसन्धान थालिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले पक्राउ गरेका अन्य तीनजनाको नाम खुलाइएको छैन । सबै दोषी नहुन पनि सक्छन्, उपरीक्षक खड्काले भन्नुभयो–पीडितले दिएको उजुरीका आधारमा हामीले अनुसन्धान सुरु गरेका छौं ।