पाथिभरा दर्शनपछि विराटनगरकी एक महिलाको ताप्लेजुङमा मृत्यु

<span class='c1'>पाथिभरा दर्शनपछि विराटनगरकी एक</span> <span class='c2'>महिलाको ताप्लेजुङमा मृत्यु</span>

विराटनगर । ताप्लेजुङको पाथिभरा माताको दर्शन गरिसकेपछि विराटनगरबाट गएकी एक महिलाको चिसोका कारण मृत्यु भएको छ ।
विराटनगर ६ निवासी साबित्री खड्का चापागाईको ताप्लेजुङमा शुक्रबार मध्यान्ह मृत्यु भएको हो ।

विराटनगरबाट परिवारका पाँचजना सदस्यसहितको टोली दर्शनका लागि शुक्रबार दिउँसो १२ बजे पाथिभरा मन्दिर क्षेत्र पुगेको थियो ।
पूजा सकेपछि अचानक बेहोस भएर लड्नुभएकी उहाँलाई पाथिभरा क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य सेवा चौकीमा तत्काल प्राथमिकत उपचार गरिएको थियो ।

तत्काल अक्सिजन दिएपनि सुधार आएन नभएपछि जिल्ला अस्पताल पठाइएको स्वास्थ्य चौकीका इन्चार्ज उमानाथ पौडेलले जानकारी दिनुभयो । जिल्ला अस्पतालका चिकित्सकले मृतक घोषणा गरिदिएको पौडेलले बताउनुभयो ।

पाथिभराको दर्शन गर्ने भाकल भएका कारण श्रीमान् मनिष चापागाँईसहित त्यहाँ पुगेको थियो । शुक्रबार पाथिभरा क्षेत्रमा अत्याधिक चिसो थियो र चिसोकै कारण उकाँको मृत्यु भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्