भाइले पालेको गाईको बाच्छी मार्ने दाजु पक्राउ

भाइले पालेको गाईको बाच्छी मार्ने दाजु पक्राउ

विराटनगर । गाईको बाच्छी मारेको अभियोगमा मोरङको सुनवर्षी नगरपालिका–२ सुघा टोलका ३० वर्षीय भूपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै भाइ गजेन्द्र राईले पालेको गाईको डेढ वर्षको कोरोली बाच्छी मारेको अभियोगमा इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले भूपेन्द्रलाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसारघरयासी विवादका क्रममा भाइले पालेको गाईको बाच्छीलाई भूपेन्द्रले हथौडाले हानेर मारेका हुन् ।
हथौडाले हानेपछि बाच्छी किलामा बाँधेकै अवस्थामा परेको थियो । हथौडासहित पक्राउ परेका भूपेन्द्रविरुद्ध कारबाही अघि बढाउन आवश्यक अनुसन्धान थालिएको डीएसपी राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्