विराटनगरमा बालबालिका र वृद्धवृद्धाको साहारा बन्दै ‘हाम्रो अभियान’

विराटनगरमा बालबालिका र वृद्धवृद्धाको साहारा बन्दै ‘हाम्रो अभियान’

प्रेम देवान
विराटनगर । विराटनगरमा एउटा यस्तो समुह छ जसले विभिन्न समस्यामा परेका र सडकमा बसेर जीवन गुजारिरहेका व्यक्तिहरुलाई लामो समयदेखी सहयोग गर्दै आईरहेको छ । विराटनगरमा हुने डु्वान त कहिले लकडाउन अनि आर्थिक अवस्थाले गुज्रिरहेका बेसाहारा बालबालिका र वृद्धवृद्धाको साहारा बन्दै आएको छ हाम्रो अभियान ।
विराटनगरका युवा नेता वसिम आलम नेतृत्वको समुहद्धारा विगत लामो समयदेखी विभिन्न स्थानमा पुगेर सहाराबिहीन र आश्रय चाहने नागरिकलाई सहयोग गर्दै आएको हो ।

मुलुकमा कोरोना कहरपछि लकडाउनको समयमा रोजगारी गुमाएका र सडकमा मागी हिड्ने बेसाहारालाई समेत निःशुल्क खानाको व्यावस्था समेत गरेको थियो । कोरोना महामारीको कारण भएको लकडाउनको समयमा १ सय २० दिनसम्म सडक पेटीमा बस्नेहरूलाई निरन्तर खाना खुवाएको हाम्रो अभियानका नेतृत्वकर्ता वसिम आलमले बताए । अब जाडो महिना लागेसँगै विपन्न र असायहरुलााई न्यानो कपडा निशुल्क वितरण अभियान थालिएको आलमको भनाई छ ।

यसैविच हाम्रो अभियानले पूर्वाञ्चल बाल आश्रम विराटनगरका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । जाडो मौसम सुरु भएसँगै हाम्रो अभियानले विपन्न र असहायलाई न्यानो कपडा वितरण गर्दै आएको छ । हाम्रो अभियानले सडक पेटीमा आश्रय लिएका र विराटनगरको विभिन्न आश्रमहरूमा न्यानो कपडा वितरण गर्दै आएको छ ।

आश्रममा रहेका साना बालबालिका तथा वृद्धाहरुलाई जाडोमा लगाउने कपडा वितरण गरेको हो । अभियानले कपडासँगै दालचामल समेत सहयोग गरेको छ । लकडाउनको समयमा मानिसहरू भोकभोकै सडकमा भौतारिएको देखेपछि यो अभियानलाई अगाडि बढाएको सोही समुहका अर्का अभियन्ता कृश्चल आले मगरले बताए । यो जाडो मौसममा आफु सँगसँगै अरुलाई पनि जाडोबाट बचाउ भन्ने उदेस्यका साथ अभियानलाई अगाडी बढाएको मगरको भनाई छ । यता आश्रमकी आमा सिता पोखरेलले यो कोरोना माहामारी र संकटपुर्ण अवस्थाको बेला बालबालिका तथा वृद्धाहरुलाई सहयोग गर्ने समुह तथा व्यक्तिहरु काम प्रति प्रसङस योग्य रहेको बताईन् ।

हो लकडाउन र कोरोना कहरले गर्दा आम मानिसको आर्थिक अवस्था संकटग्रस्त बनाईरहेको बेला सडक र आश्रममा रहेका बालबालिका तथा वृद्धवृद्धालाई सहयोगको गर्नु सहारनीय कार्य मान्नैपर्छ ।
अन्तमा के पनि भन्न चाहान्छौ भने यो माहामारीको बेला कमसेकम ती साना बालबालिका अनि वृद्धवृद्धालाई सहयोग गर्न जादैहुनुहुन्छ कोरोना भाइरसको उच्च जोखिमबाट जोगिन र जोगाउनको लागी मास्क र ग्लब्स अनि सेनिटाईजर प्रयोग गर्न भने नभुल्नु होला । ता की यसरी तपाईले खुला हात अनि विना मास्क सामाग्री वितरण गरिरहदाँ बालबालीका मात्र हैन स्वयम तपाई पनि असुरक्षित भईरहनुभएको छ । त्यसैले कोरोनाबाट आफु पनि बचौ अनि अरुलाई बचाऔँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्