प्रदेश प्रमुख प्यासीलाई कोरोना संक्रमण

प्रदेश प्रमुख प्यासीलाई कोरोना संक्रमण

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण भएको छ । कोरोनाको सामान्य लक्षण देखिएपछि ७२ वर्षीय अधिकारीले प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा शुक्रबार बिहान स्वाव दिनु भएको थियो ।

रिपोर्टमा अघिकारीलाई संक्रमण देखिएको स्वकीय सचिव प्रतिक ढकालले बताउनुभयो । अधिकारीको स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आइसोलेसनमा बस्नु भएको छ ।  प्रदेश प्रमुख अधिकारीसँगै उनकी ६४ वर्षीया श्रीमती जानुका र एक सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको सचिवालयले जनाएको छ। यसअघि प्रदेश सरकारका २ मन्त्रीलाई कोरोना संक्रमण भएको थयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्