विराटनगर जेसिस अध्यक्षमा दाहाल

<span class='c1'>विराटनगर जेसिस</span> <span class='c2'>अध्यक्षमा दाहाल</span>

विराटनगर । विराटनगर जेसिसको अध्यक्षमा प्रदीप दाहाल निर्विरोध निर्वाचित हुनु भएको छ । नेपालको दोस्रो ठूलो शाखा विराटनगर जेसिसको ४८ औं अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित हुनु भएको हो ।

विराटनगर जेसिस निवर्तमान अध्यक्ष तथा निर्वाचन आयुक्त सेवक बजगाईका अनुसार वरिष्ठ कार्यकारी उपाध्यक्षमा देवचन्द्र घिमिरे निर्विरोध निर्वाचित हुनु भएको छ । तालिम निर्देशकमा अभिनाष थापा, कार्यकारी उपाध्यक्षमा सन्तोष आचार्य, पंकज सापकोटा पनि निर्विरोध निर्वाचित हुनु भएको छ ।

त्यस्तै उपाध्यक्षमा गोमा भण्डारी, सुभाष भण्डारी, शिवशंकर मण्डल, प्रवेस दुलाल र जनसम्पर्क अधिकृतमा सुरेन शाक्य निर्विरोध निर्वाचित हुनु भएको छ ।
शनिबार भएको निर्वाचन प्रकृयामा २१ जनाले उम्मेद्वारी दर्ता गराएका थिए । तर ११ जनाले उम्मेदवारी फिर्ता लिएपछि नयाँ नेतृत्व निर्विरोध निर्वाचित भएका हुन् । जेसिसको महासचिव, सहसचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार अध्यक्षले चयन गर्ने प्रावधान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्