सुन्दरहरैंचाका विद्यालयहरुमा पढाई सुरु

सुन्दरहरैंचाका विद्यालयहरुमा पढाई सुरु

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रको सार्वजनिक तथा संस्थागत विद्यालयहरु आइतबार (आज) मंसिर १४ गतेदेखि संचालनमा आएका छन् । सुन्दरहरैंचा नगरपालिका शिक्षा शाखाले सार्वजनिक र संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुको भेला गराई विद्यालय सञ्चालन सम्बन्धी छलफल गरेर विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरिएको हो ।

सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७ जारी गरेको छ । त्यसका आधारमा नै विद्यालयहरु सञ्चालनमा ल्याउने निर्णयमा पुगिएको सुन्दरहरैंचाका नगरपालिका शिक्षा शाखा प्रमुख दामोदर चापागाइले जानकारी दिनुभयो ।
सुन्दरहरैंचा नगरपालिका शिक्षा शाखा अधिकृत लिलादेवि ओझाले निजी तथा सामुदायिक विद्यालय संचालनमा आउने बताउनुभयो । विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७ अन्तर्गत रहेको विकल्पहरु मध्ये आफ्नो विद्यार्थीको संख्या तथा उपलब्ध भौतिक पूर्वाधार व्यवस्थापनमा सहज हुने गरी विकल्प रोजेर उच्च सतर्कता साथ कक्षा सञ्चालन गर्न शिक्षा शाखाले निर्देशन गरेको हो ।

विद्यालयले विधार्थीको संख्या हेरेर दुरि कायम गरि एउटा ब्रेन्चमा एक जना विधार्थी र बढिमा दुई जना विद्यार्थी राखेर मात्र अध्यापन गराउनु पर्ने निर्णय भएको प्याब्सन मोरङका जिल्ला अध्यक्ष अर्जुन वस्नेतले बताए । पारित भएको कार्यढाँचा अनुसार आलोपालो गरि कक्षा संचालन गर्ने तयारी भएको साथै ससाना नानीहरुका लागि अवस्था बुझेर पछि कक्षा संचालनका लागि छुट्टै निर्णय गरिने जानकारी दिनुभयो । जिल्ला प्याब्सन अध्यक्ष वस्नेतले कक्षा ६ देखि माथि स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित साथ शिक्षा क्षेत्रको हित, विकास र विद्यार्थीको भविष्यलाई मनन गर्दै

यस बर्षको शैक्षिक सत्रको सम्पन्न यसै बर्ष गर्ने गरि विद्यालय संचालन गर्ने आवश्यक तयारी सबैको सहमतिबाट भएको जानकारी दिनुभयो । सुन्दरहरैंचा क्षेत्रमा ३२ वटा निजी तथा सामुदायिक मावि १४ वटा भएकोले सबै विद्यालय अब संचालन आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्