विराटनगर । मोरङको उर्लाबारी घर भएका एकजना नागरिकको कोरोना भाइरस संक्रमणका कारण शनिबार राति विराटनगरमा मृत्यु भएको छ ।
नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा शनिबार उर्लाबारी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पेट दुख्ने, वान्ता हुने, ज्वरो आउने, छात्ती दुख्ने लगायतका समस्या देखिएपछि मंसिर ४ गते पुरुषलाई अस्पताल भर्ना गरिएको थियो ।
स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा भोलिपल्ट ५ गते रिपोर्ट पोजिटिभ आएको दाहालले बताए । कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरिएका पुरुषको उपचारका क्रममा राति ११ बजेतिर ज्यान गएको उनको भनाइ छ ।