विराटनगर । सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । शनिवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१० का ३१ बर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो । यस्तै सोही टोलीले धरान–३ का २६ बर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार राती सवा ७ बजे लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका(४ डागीवारीमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका भद्रपुर–४ का १९ बर्षीय पुष्कर थापा, भद्रपुर–५ का २६ बर्षीय मदन बि।क।, हल्दिवारी गाउँपालिका१ का लोकेन्द्र गुराँगाई र भद्रपुर नगरपालिका(४ का २१ बर्षीय राजन माझीलाई ७ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।