छोकडा, मरिच र सुपारी छोडेर तस्कर फरार

छोकडा, मरिच र सुपारी छोडेर तस्कर फरार

विराटनगर । प्रहरीले सीमा क्षेत्रबाट हुने झोलेपोके तस्करीमा कडाई गरेपछि भारततर्फ अवैध निकासी गर्न लागिएको सामाग्री छोडेर तस्करहरु फरार हुन थालेका छन् । प्रहरीले लाइन खोलेपछि दशैं–तिहारबीचमा मज्जाले तस्करी चलाएका तस्करहरुलाई पुनः कडाई गरिएपछि प्रहरी देख्नासाथ सामान छोडेर भाग्न थालेका हुन् ।

मोरङ प्रहरीको टोलिले विराटनगर–१६ बाट ६८ हजार १५० रुँपैया मूल्य बराबरको छोकडा, मरिच र सुपाारी वेवारिसे अवस्थामा फेला पारेर भन्सारमा बुझाएको छ । प्रहरीले अहिले सीमा क्षेत्रमा कडाई गरे झैं गरेपछि तस्करहरुले पुनः सेटिङ मिलाउने काम भने सुरु गरेका छन् ।

नेपालबाट भारततर्फ चोरि निकासी गरी खाधान्य सामाग्री तथा सुपाडी, छकडा, मरिच तथा मटर लगायतका सामानहरु जाने गरेका छन् । सुनसरीको एउटा विद्यालयमा एकसय बोरा मटर गोदाम गरेर राखिएको अवस्थामा फेला परेपछि प्रदेशका मुख्यनाकाबाट संस्थागत रुपमै लाइन चलिरहेको विषयले अहिले प्रहरी प्रधान कार्यालयमा समेत चर्चा चुलिएको छ । विराटनगरबाट प्रहरीले शनिबार राती तीन बोरा मरिच, ५० केजी छोकडा र २ बोरा सुपारी बेवारिसे अवस्थामा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्