प्रदेश सरकारका संरचना अपाङ्गमैत्री बन्ने

<span class='c1'>प्रदेश सरकारका संरचना</span> <span class='c2'>अपाङ्गमैत्री बन्ने</span>

विराटनगर । मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले निर्माण गर्ने भौतिक संरचना अपाङ्गमैत्री बनाउने बताउनु भएको छ । बाल अपाङ्त टेवा संस्थाद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायता सामाग्री विह्ल चेयर वितरण कार्यक्रममा मुख्यमन्त्री राईले सबै नागरिकलाई सहज हुने प्रकारका संरचना बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

उहाँले प्रदेश सरकारको प्रशासनिक संरचना निर्माण गर्दा प्रत्येक तलामा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचयोग्य बनाउने घोषणा गर्नुभयो । सबै नागरिकको सुरक्षा र संरक्षणमा सरकार प्रतिवद्धरहेको बताउँदै अपाङ्गता भएका नागरिकका लागि आगामी बजेटमा विशेष सुविधा घोषणा गरिने बताउनुभयो ।
उहाँले विशेष क्षमता भएका नागरिकको रुपमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको जीवन सुरक्षित गर्नका लागि सहज कानुन निर्माण गरिने बताउनुभयो । प्रदेशमा जन्मदै अपाङ्गता जन्मने शिशुको संख्या घटाउन सरकारले गर्भस्याहार कार्यक्रम ल्याउन लागेको मुख्यमन्त्री राईले बताउनुभयो ।

साझेदार संस्थासँग मिलेर सरकारले नयाँ खालको कार्यक्रम ल्याउँदैछ, मुख्यमन्त्री राईले भन्नुभयो–सन्तान जन्माउन चाहने दम्पतिलाई परामर्शदेखि गर्भमा रहेको शिशुको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्याहारका कार्यक्रम चाँडै लागु हुनेछन् । उहाँले स्थानीय तहमार्फत यस्ता कार्यक्रम सञ्चालन गर्ने गरि प्रदेश सरकारले तयारी गरिरहेको जानकारी दिनुभयो ।
अपाङ्गता भएका व्यक्तिलाई दैनिक गुजारा तथा औषधी सेवन र उपचारका लागि सरकारले सामाजिक सुरक्षा भत्ताको रुपमा केहि प्याकेज ल्याउनसक्ने मुख्यमन्त्री राईले बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष टेन्डी शेर्पाले प्रदेश १ का १५ जना अपाङ्गता भएका व्यक्तिहरुका लागि विह्ल चेयर सहयोग गरिएको जानकारी दिनुभयो । खासगरी मेरुदण्ड पक्षघात भएका व्यक्तिका लागि सातै प्रदेशमा यो कार्यक्रम आयोजना गरिने भएको संस्थाका नवराज कार्कीले बताउनुभयो । प्रदेश १ मा गरिएको यो कार्यक्रमका लागि संस्थालाई अमेरिकी हिव्लचेयर संस्थाले सहयोग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्