विराटनगरमा एम्बुलेन्स दुर्घटना : एकको मृत्यु, तीन जना घाइते

<span class='c1'>विराटनगरमा एम्बुलेन्स दुर्घटना : एकको</span> <span class='c2'>मृत्यु, तीन जना घाइते</span>

विराटनगर । सप्तरीको तिलाठीबाट विरामी बोकेर आएको एम्बुलेन्स विराटनगर कन्चनबारीं आयल निगम अगाडी दुर्घटना हुँदा एकजनाको मृत्यु र तीनजना घाइते भएका छन् । सप्तरीको तिलाठीबाट विरामी बोकेर आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स रोकेर राखिएको एमल ०१–एल–०३३६ नम्बरको ट्रलीमा ठोकिन गएको हो ।

दुर्घटनामा तिलाठीका ६५ वर्षीय नुनुलाल मण्डल, ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते हुनु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

तिलाठीका ६५ वर्षीय नुनुलाल मण्डल बिरामी भएपछि परिवारले उपचारका लागि लिएर आएका हुन् । सोमबार बिहान १ बजे दुर्घटनामा परि ३० वर्षीय जितेन्द्र सामान्य घाइते हुनु भएको थियो । बाँकी तीनजनामध्ये बिरामी समेत रहनु भएका नुनुलाल मण्डलको उपचारका क्रममा मृत्यु भएको छ ।
एम्बुलेन्स चालक हरि यादव फरार रहेका छन् । बिग्रेर रोकिएको ट्रलीका चालक तथा अन्य व्यक्तिको समेत खोजि भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्