न्युरो अस्पतालमा कोरोना सक्रमित महिलाको मृत्यु

<span class='c1'>न्युरो अस्पतालमा कोरोना</span> <span class='c2'>सक्रमित महिलाको मृत्यु</span>

विराटनगर । विराटनगरको न्युरो कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

इलामको देउमाई नगरपालिका–६ की ५५ वर्षीया महिलाको आज बिहान ८ बजेतिर ज्यान गएको छ ।
पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि महिलालाई उपचारका लागि मंसिर ९ गते अस्पताल भर्ना गरिएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए ।

गम्भीर अवस्थामा भर्ना गरिएकी महिलाको उपचारकै क्रममा ज्यान गएको अस्पतालले जनाएको छ । महिलामा श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या रहेको अस्पतालले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्