विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–१ स्थित सिंघीया खोलाको गोकुवा पुलमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पूर्वतर्फ जाँदै गरेको ट्याक्टर आफै अनियन्त्रित भएर सोमबार बिहान ८ः३० बजेतिर दुर्घटनामा परेको मोरङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर को १ त ८८१३ नम्बरको ट्याक्टरका चालक अन्दाजी ३५÷४० वर्षीय पुरुषको मृत्युभएको मोरङ प्रहरी प्रवत्ता मानबहादुर राईले जानकारी दिए ।
पूर्वतर्फ जाँदै गरेको ट्याक्टर आफै अनियन्त्रित भएर बिहान ८ः३० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्याक्टरले किचेर मृत्यु भएको अवस्थामा एक घण्टाभन्दा बढी समय लगाएर प्रहरीले शव बाहिर निकालेको थियो । शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ । ट्याक्टर चालकको अझै पहिचान नखुलेको मोरङ प्रहरीले जनाएको छ ।