विराटनगर । झापाको शिवसताक्षी नगरपालिका ६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आईतवार दिउँसो २ बजे २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा शिवसताक्षी नगरपालिका(४ का २६ बर्षीय श्याम मर्डी र ३५ बर्षीय गंगाराम कायस्थ्य रहेका छन् ।
मे ५ प ५०३२ नम्बरको मोटरसाईकलमा सवार रहेका दुबैजनालाई रोकेर चेकजाँच गर्दा निजहरुको साथबाट २३ ग्राम लागुऔषध ब्राउनसुगर र नगद १ लाख ८४ हजार बरामद भएको थियो । लागुऔषध तथा नगद सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।