मोरङको चुली पोखरीमा बिधुत विस्तार, स्थानीयमा छायो खुशी

<span class='c1'>मोरङको चुली पोखरीमा बिधुत</span> <span class='c2'>विस्तार, स्थानीयमा छायो खुशी</span>

प्रेम देवान
विराटनगर । मोरङको मिक्लाजुङ गाँउपालिका २ स्थित चुलीपोखरीमा बिधुत विस्तार भएपछि स्थानीयमा खुशी छाएको छ । जिल्लाकै बिकट क्षेत्र मानिने चुलीपोखरीमा बिद्युत विस्तारसँगै घरघरमा बिजुली बत्ती बल्न थालेको हो ।

पहिलो पटक बिजुली पुगेसँगै स्थानीयमा खुशी छाएको छ । बषैँदेखी टुकीको साहारमा बस्दै आएका यहाँका स्थानीय बासिन्दा गाँउ झिलीमिली भएको भन्दै उत्साहित बनेका हुन् । गाँउमा बिजुली विस्तारपछि रेडियो बजाउन, टेलिभिजन हेर्न र मोवाईल चार्ज गर्न सहज भएको स्थानीयको भनाई छ । त्यति मात्रै नभई बालबालिकाको अध्ययनमा समेत यसले प्रत्यक्ष सकारात्मक प्रभाव पारेको छ ।

बिद्युत लाईन विस्तारसँगै सो क्षेत्रका माननिय सांसदहरुले उद्घाटन गरी बिजुली संचालनमा ल्याइएको छ । संघीय सासद घनश्याम खतिवडा, प्रदेश सभासदस्य कुलप्रसाद साँम्बा, उपेन्द्र घिमिरेसहित मिक्लाजुङ गाँउपालिकाका अध्यक्ष देवीप्रसाद आर्चय, उपाध्यक्ष सरला राई, वडा अध्यक्ष गौरी राई लगायत स्थानिय बुद्धीजीविहरुले बत्तीको स्वीच थिचेर उद्घाटन गरेका हुन् ।

उज्यालो गाँउपालिका बनाउने अभियान अन्र्तगत मिक्लाजुङ २ चुलीपोखरी र रमितेमा अहिले विजुली विस्तारको काम भईरहेको छ । यसका लागि २०७६–०७७ को ५ करोड ४३ लाख ६६ हजार बजेटबाट सो ठाँउमा बिजुली विस्तार हुदैछ । गत जेठ ५ गतेबाट बिजुली बत्तीको विस्तारको काम थालनीसँगै करिब ६ महिनापछि सो ठाँउमा बिजुली बत्ती पुग्न सफल भएको हो ।
आर्थिक बर्ष २०७६–०७७ सालको बजेटबाट करिब ४८ लाख ४७ हजारको लगानीमा ५० केभी बिद्युत लाईन विस्तार भएको हो ।
बिजुली आईपुग्दा धेरै खुशी छौँ चुलाचुली २ का स्थानीय मोहन राईले भन्नुभयो ‘बिजुली नआउँदा सोलारको भरमा थियौं, घाम नलाग्दा अध्याँरोमा पनि बस्नु पर्ने वाध्यता थियो । तर, अहिले आएर यसरी उज्यालोमा बस्न पाँउदा धेरै खुशी भएका छौं ।

राई जस्तै सोही ठाँउका ईन्द्रबहादुर राईले पनि खुशी भएको प्रतिक्रिया दिनुभयो । अध्याँरो वडाबाट अब उज्यालो वडामा बस्न पाँउदा धेरै नै राम्रो भएको महशुस स्थानीयहरु गर्छन ।
बिजुली विस्तारको लागि यहाँका स्थानीय उपभोक्ताको सक्रियता, वडा समिति र सोही क्षेत्रका सांसदहरुको विशेष पहल गरेका हुन् । सबैको पहलले बिजुली विस्तार गर्न सकिएको वडा अध्यक्ष गौरी राईले बताउनुभयो । बिद्युत विस्तारको लागि चिलाउनेटारमा बाँकी रहेको छ त्यसको लागी पनि चाडै पहल सुरु गरिसकिएकोे वडा अध्यक्षको भनाई छ ।
सोही क्षेत्रका प्रदेशसभा सदस्य कुलप्रसाद साँम्बाले विगतका समस्या स्मरण गदै मोवाईल चार्ज गर्न उर्लाबारी–मधुमल्ला झर्नुपर्ने गरेको बताउनुभयो । ‘यो क्षेत्रमा कसैले पनि विश्वास गरेका थिएनन् बिजुली आईपुग्छ भनेर, प्रदेशसभा सदस्य साँम्बाले भन्नुभयो–दुर्गम क्षेत्रलाई सुगम बनाउने प्रतिवद्धता विस्तारै पूरा हुँदैछ ।

मिक्लाजुङ गाँउपालिका मोरङ जिल्लाको विकट ठाँउ भएका कारण अझै पनि यहाँ विकास कामहरु बाँकी रहेका कारण आफु चुनावमा जिते पनि हारे पनि विकासका निम्ती भने सदबहार लागी पर्ने साँम्बाको दावी छ ।
मोरङ जिल्लाको साविक रमिते गाविस हाल मिक्लाजुङ्ग १ को धेरै ठाँउहरुमा विजुली बत्ती पुग्न सकेको छैन । यसका लागि संघींय सरकारले आर्थिक बर्ष २०७६–०७७ को बाट ५ करोड बिजुली विस्तारको लागि बजेट विनियोजन गरेको छ । त्यसैले आएको बजेट फ्रिज हुन नदिन र बर्षौदेखी अँध्यारोधमा बस्दै आएका जनतालाई उज्यालो वडामा बस्ने बाताबरण चाडै सिर्जना गर्न आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्