रिङ रोड र रेल्वेको निर्माणको कामले गति लिन्छ : मन्त्री घिमिरे

<span class='c1'>रिङ रोड र रेल्वेको निर्माणको कामले</span> <span class='c2'>गति लिन्छ : मन्त्री घिमिरे</span>

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले रिङ रोड र रेल्वे निर्माणको कामले चाँडै गति लिने बताउनु भएको छ । अवरुद्ध भएको रिङ रोड र रेल्वे निर्माणमा तीनै तहका सरकारको चासो रहेकोले गति लिने दावी मन्त्री घिमिरेले गर्नु भएको हो ।

मुआव्जाको विवाद समाधानतर्फ गएको बताउँदै मन्त्री घिमिरेले रिङ रोड र रेल्वे निर्माणका लागि समस्याको समाधान उन्मुख भएको बताउनु भएको छ ।
कटहरी १ को जेएम युवा क्लवको २४ औं बार्षिकोत्सव कार्यक्रममा मन्त्री घिमिरेले कटहरीको मुहार फेर्ने परियोजनालाई सबै मिलेर अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री घिमिरेले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तीन बर्षको अवधिमा कटहरी क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको भन्दै नागरिकलाई आश्वस्त पार्न खोज्नु भएको थियो ।

तीन बर्षको अवधि भित्रमा कटहरीको विकासले गति लिएको मन्त्री घिमिरेले बताउनुभयो । कार्यक्रममा बार्षिकोत्सवको अवसर पारि आयोजित टेवल टेनिस प्रतियोगिताका विजेतालाई मन्त्री घिमिरेले पुरस्कार वितरण गर्नुभएको थियो । उहाँले संसद विकास कोषबाट ५० हजारको खेल सामाग्री पनि क्लव मार्फत खेलाडीहरुलाई वितरण गर्नुभएको थियो ।
कार्यक्रममा कटहरी १ का वडाध्यक्ष कपुरलाल माझी, क्लवका अध्यक्ष सत्यानारायण माझी, देवराज चौधरी लगायतले बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्