प्रेम देवान
विराटनगर । मोरङको मिक्लाजुङ गाँउपालीका २ स्थित चुलीपोखरीमा पहिलो पटक विजुली बत्ती पुगेपछि स्थानिय हर्षित बनेका छन् । पहिलो पटक विजुली पुगेसँगै हर्षित मात्र हैन बषैँदेखी टुकीको साहारमा बस्दै आएका यहाँका स्थानिय बासिन्दा गाँउमा झिलीमिलीमा बस्न पाँउदा दङ्ग परेका हुन् । गाँउमा बिजुली विस्तारपछि रेडियो टेलिभिजन, मोवाईल चार्ज गर्नदेखी साना बालबालिका लाई पढ्न समेत सजिलो भएको छ ।
चुलीपोखरीमा पहिलो पटक बिद्युत लाईनको विस्तारको लागि सो क्षेत्रका माननिय सांसदहरुले उद्घाटन गरी बिजुली संचालनमा ल्याइएको छ । संघीय सासद घनश्याम खतिवडा, प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा, उपेन्द्र घिमिरे साथै मिक्लाजुङ गाँउपालिकाका अध्यक्ष देवीप्रसाद आर्चय, उपाध्यक्ष सरला राई सोही वडाका वडा अध्यक्ष गौरी राई लगायतले स्थानिय बुद्धीजीविहरुले बत्तीको स्वीच थिचेर उद्घाटन गरेका थिए ।
कार्याक्रमका प्रमुख अथिती लगायत अन्य उपस्थित अतिथीजन्यबाट विजुली बत्तीको सयुक्तरुपमा उद्घाटन गर्दै ।
तस्वीर ः प्रेम देवान
उज्यालो गाँउपालिका बनाउने अभियान अन्र्तगत मिक्लाजुङ २ चुलीपोखरी र रमितेमा अहिले विजुली विस्तारको काम भईरहेको छ । यसका लागि २०७६–०७७ को ५ करोड ४३ लाख ६६ हजार बजेटबाट सो ठाँउमा बिजुली विस्तार भएको हुदैछ । गत जेठ ५ गतेबाट बिजुली बत्तीको विस्तारको काम थालनी सँगै करिब ६ महिनापछि सो ठाँउमा बिजुली बत्ती पुग्न सफल भएको हो ।
आर्थिक बर्ष २०७६–०७७ सालको बजेटबाट करिब ४८ लाख ४७ हजारको लगानीमा ५० केभी विधुत लाईन विस्तार भएको हो । मोरङको विकट ठाँउमा पहिलो पटक बिजुली आईपुग्दा यहाँका स्थानियवासी धेरै खुशी छौँ चुलाचुली २ का स्थानिय मोहन राईले बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘बिजुली नआउँदा सोलारको भरमा थियौं,ँ घाम नलाग्दा अध्याँरोमा पनि बस्नु पर्ने वाध्यता थियो तर अहिले आएर यसरी उज्यालोमा बस्न पाँउदा गर्भाविन्त भएका छौं । उनी जस्तै सोही ठाँउका ईन्द्रबहादुर राई पनि धेरै खुशी छन् । अध्यारो वडाबाट अब उज्यालो वडामा बस्न पाँउदा धेरै नै राम्रो भएको महशुस गर्छन । बिजुली आएपछि मोवाईल चार्ज गर्नदेखी टुकीको साहाराबाट मुक्त भएको राई सुनाउनुहुन्छ । बिजुली विस्तारको लागी यहाँका स्थानिय उपभोत्ताको सक्रियता, वडा समिति र सोही क्षेत्रका सांसदहरुको विशेष पहलमा आज यो ठाँउमा बिजुली विस्तार गर्न सकिएको सोही वडा वडा अध्यक्ष गौरी राईले बताउनुभयो ।
विधुत विस्तारको लागी चिलाउनेटारमा बाँकी रहेको छ त्यसको लागी पनि चाडै पहल गर्ने तर्फ लागी परेको वडा अध्यक्षको भनाई छ । यता सोही क्षेत्रका प्रदेशसभा सदस्य कुल प्रसाद साम्बा स्मरण गर्नुहुन्छ कुनै ताका मोवाईल चार्ज गर्न उर्लाबारी–मधुमल्ला झर्नुपर्दथ्यो । ‘यो क्षेत्रमा कसैले पनि विश्वास गरेका थिएनन् विजुली आईपुग्छ भनेर, प्रदेशसभा सदस्य भन्नुहुन्छ ‘आज यो विकट ठाँउमा विजुली विस्तार गरेर नै छाडौँ । मिक्लाजुङ गाँउपालिका मोरङ जिल्लाको विकट ठाँउ भएका कारण अझै पनि यहाँ विकास कामहरु बाँकी रहेका कारण आफु चुनावमा जिते पनि हारे पनि विकासका निम्ती भने सदबहार लागी पर्ने साँम्बाको भनाई छ ।
विजुली बत्ती पुगेको खुशियालीमा कार्यक्रमका अतिथीसँग स्थानियबासी सामुहिक तस्वीर खिच्दै ।
तस्वीर प्रेम देवान