दुईसय जरिवाना नबुझाएका जुवा मुद्दाका १० फरार जुवाडे विराटनगरमा पक्राउ, अदालतमा बुझाईदै

<span class='c1'>दुईसय जरिवाना नबुझाएका जुवा मुद्दाका १०</span> <span class='c2'>फरार जुवाडे विराटनगरमा पक्राउ, अदालतमा बुझाईदै</span>

विराटनगर । मोरङ प्रहरीले विराटनगर–७ अस्पताल चौक बस्ने ३५ वर्षीय हंशराज जैनलाई मंगलबार पक्राउ गरेको छ । उनलाई ट्राफिक चौकबाट पक्राउ गरिएको हो । उनी विरुद्ध २०७० बैशाख १२ गते जिल्ला अदालत मोरङको फैसलाले जुवा मुद्दामा २०० रूपैया जरिवाना तोकेको थियो ।

उनी अदालतको फरार सूचिमा रहेका कारण प्रहरीले खोजि रहेको थियो । प्रहरीले जैनलाई ट्राफिक चौकबाट मंगबालर बिहान पक्राउ गरेको छ । उनलाई अदालतमा बुझाउने प्रक्रिया भईरहेको प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । जैन विराटनगरमा जुवा, फाट्का र सट्टेबाजका किङ मानिन्छन् । अदालतबाटै दोषी ठहर भएका जैनले बुझाउनु पर्ने २०० जरिवाना नबुझाएका कारण प्रहरीले नियन्त्रण गरेको हो ।

यसैगरी मोरङ प्रहरीले जुवा मुद्दामा अदालतले दोषी ठहर गर्दै जरिवाना तोकेपछि हालसम्म फरार रहेका अन्य ९ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ । सोमबार विराटनगरको अस्पताल चौकबाट चारजना र मंगलबार ट्राफिकचौकबाट छ जनालाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला अदालत मोरङको २०७१ जेठ २१ गतेको फैसलाले २०० जरिवाना तोकी हालसम्म फरार रहेका विराटनगर महानगरपालिका वडा नं–९ घोघापुल चोक बस्ने बर्ष ६० का नविरज खाँ, बर्ष ४४ का मजमिल हुँसेन, बर्ष ६४ का रजाक भन्ने राजु खाँ र बर्ष ६४ को मुन्ना कुरेशीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो । उनीहरुलाई घोघापुलबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

यसैगरी जुवा मुद्दामा हालसम्म फरार रहेका विराटनगर महानगरपालिका–९ ट्राफिक चोक बस्ने बर्ष ४१ का राम बहादुर गुरूङ, बर्ष ४१ का लक्ष्मण बहादुर गुरूङ, बर्ष ३० का सुमित साह, विराटनगर १० शान्तिचोक बस्ने बर्ष ३२ का विजय श्रेष्ठलाई समेत नियन्त्रणमा लियएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्