सवारी दुर्घटनामा ५ जनाको मृत्यु

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा एकैदिन विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । ईलामको फाकफोकथुम गाउँपालिका–५ थुम्का भिरमा तरकारी बोकेको पिकअप दुर्घटनामा हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

पाँचथरको रवीबाट तरकारी बोकेर ईलाम जाँदै गरेको को २ च १५ नम्बरको पिकअप आफै अनियन्त्रीत भई थुम्का भिरबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा माई नगरपालिका–९ का ४० बर्षीय दिनेश लिम्बु र ईलाम नगरपालिका–११ का ३० बर्षीय नबिन तामाङको सोमवार बेलुका साँढे ५ बजेको समयमा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

यसैगरी मोरङको ग्रामथान गाउँपालिका–१ मा को १ त ८८१३ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा सोही ट्याक्टरका सह–चालक बुढिगंगा गाउपालिका–१ का ४० बर्षीय गुरुचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको हो ।
यसैगरी मोरङकै बिराटनगर महानगरपालिका–९ मा सोमवार दिउँसो साँढे ४ बजे मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । को १२ प ३६५ नम्बरको मोटरसाईकल बुद्धचोकमा अचानक दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेकी बिराटनगर–१५ की ६० बर्षीया मनकामना झा घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागी न्यूरो अस्पताल लगिएकोमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको थियो ।
यस्तै झापाको दमक नगरपालिका–४ तारावारीमा मे १ त ६१९६ नम्बरको ट्याक्टरले स्थानीय तुलसी धिमालको ८ बर्षिय छोरा जेनिस धिमाललाई ठक्कर दिंदा बालक घाईते भएका थिए । घाईते भएका बालकलाई उपचारको लागी अरनिको अस्पताल लगी उपचार भईरहेकोमा उपचारको क्रममा बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्