न्यूरो हस्पिटलमा १७ सय ५० मै पिसिआर परीक्षण

<span class='c1'>न्यूरो हस्पिटलमा १७ सय</span> <span class='c2'>५० मै पिसिआर परीक्षण</span>

विराटनगर । विराटनगरमा रहेको न्यूरो हस्पिटलले सञ्चालनमा ल्याएको कोभिड अस्पतालले एकहजार ७५० रुपैँयामा नै पिसिआर परीक्षण गर्ने जनाएको छ । न्यूरोले सरकारले ताकेको भन्दा सस्तोमा कोरोना भाइरसको परीक्षण गर्ने भएको हो ।

अस्पतालमा आउनेहरूको १ हजार ७५० रुपैयाँमा परीक्षण थालेकोे हस्पिटलका अपरेसन डाइरेक्टर राजेश भट्टराईले जानकारी दिनुभयो । यसअघि न्यूरोले २ हजार रुपैयाँ परीक्षण शुल्क लिने गरेको थियो । न्यूरो हस्पिटलको सञ्चालन समितिको बैठकले पिसिआर परीक्षणको शुल्क घटाउने निर्णाय गरेको हो ।

विरामीलाई सहुलियत दरमा उपचार गर्ने उद्देश्यले पिसिआर परीक्षणको शुल्क घटाएको हस्पिटलले जनाएको छ । अहिले दैनिक न्यूरोको ल्याबमा १ सयदेखि १ सय ५० जनाको पिसिआर परीक्षण हुने गरेको छ । न्यूरोको कोभिड अस्पताल ५० शैय्याको सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्