महासंघमा पराजित प्रधान मानार्थ सदस्यमा मनोनित

महासंघमा पराजित प्रधान मानार्थ सदस्यमा मनोनित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसँग पराजित किशोर प्रधान मानार्थ सदस्यमा मनोनित भएका छन् । विधानमा मानार्थ सदस्यको व्यवस्था भएकोले प्रधानलाई मनोनित गरिएको हो ।

अध्यक्षको पदभार ग्रहण गरेलगत्तै शेखर गोल्छाको अध्यक्षतामा बसेको पहिलो कार्यकारिणी समितिको बैठकले प्रधानलाई मानार्थ सदस्यमा मनोनित गरेको हो । मानार्थ सदस्यको रुपमा भएपनि महासंघमा राख्नुपर्ने माग प्रधानले गरेपछि अध्यक्ष गोल्छाले नियुक्ति गर्नु भएको एक जानकारले बताएका छन् ।

त्यस्तै बैठकले महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकालाई विशिष्ट सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । आर्थिक क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई विशिष्ठ सदस्यको रुपमा नियुक्ति गरिदैं आएको थियो । तर, पछिल्लो समय भने पूर्व अध्यक्षलाई नै राख्ने गरिएको छ ।

मानार्थमा भने यस पटक मात्रै नियुक्ति गरिएको हो । । संघसंस्था र विश्वविद्यालयहरूमा मानार्थ सदस्यको रुपमा मनोनयन गर्ने चलन रहेको थियो ।  प्रधान पूर्व केन्द्रीय सदस्य र एक कार्यालय निर्वाचित र अर्को कार्यकाल मनोनित उपाध्यक्षको रुपमा महासंघको जिम्मेवारीमा रहिसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्