अपाङ्गता भएका चार सन्तानको पालनपोषणका लागि तामाङ परिवारलाई इटहरी उपमहानगरले दियो एकलाख

अपाङ्गता भएका चार सन्तानको पालनपोषणका लागि तामाङ परिवारलाई इटहरी उपमहानगरले दियो एकलाख

इटहरी । एकै घरका चारजना अपांङ्गता भएका परिवारलाई इटहरी उपमहानगरले एकलाख रुपैँया सहयोग उपलब्ध गराएको छ । इटहरी उपमहानगरपालिका–२ का लक्ष्मण तामाडको घरमै आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले एक लाख रुपैँयाको चेक उनीहरुको पालनपोषणका लागि हस्तान्तरण गर्नु भएको हो ।

तामाङ्ग परिवारका १५ देखि ३० बर्ष सम्मका दुई छोरा र दुईछोरी कोहि पनि आँखा देख्न सक्दैनन् । कान्छो छोरो बाहेक कोहि पनि वोल्न समेत सक्दैनन् । उठेर हिडन त परै जाओस, बस्न पनि सक्दैनन । ओल्टाइपल्टाइ गर्नुपर्छ । अलिअलि मात्र आँखा देख्न सक्ने कान्छो छोराको अवस्था पनि विस्तारै अन्य दाजु दिदीको जस्तै बन्दै गएको छ ।
गत बर्ष पनि चार जना अपांङ्गता भएका छोराछोरीको भरणपोषणका लागि प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले उपमहानगरको तर्फवाट एकलाख रुपियाँको चेक घरैमा गएर प्रदान गर्नुभएको थियो । यसअघि गत बर्षनै उपप्रमुख गौतमले लक्ष्मण तामाङकी जेठी छोरी अस्मिता, जेठो छोरा सरोज, कान्छी छोरी सुस्मिता र कान्छो छोरा संदीपलाई पूर्ण अपांङ्गता भएको रातोकार्ड घरमै पुगेर वितरण गर्नुभएको थियो ।

रातोकार्ड प्राप्त गरेपनि उनीहरुले मासिक प्रतिब्यक्ति तीनहजार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् । इटहरी सरकारले घरमै आएर निरन्तर सहयोग गरेकोमा उनीहरुका बुबा लक्ष्मण तामाङ्ग खुशि ब्यक्त गर्नुहुन्छ । उहाँले घर आँगनमै सरकार आएको महसुश भएको बताउनुभयो । लक्ष्मण तामाङका अनुसार जेठी छोरी अस्मिता सात बर्षसम्म सबै ठीक थिइन ।

त्यसपछि विस्तारै आँखा देख्न छाडिन, एक बर्षमा पुरै आँखा नदेख्ने भयो, त्यसपछि ढल्ने बेहोस हुने समस्या भयो, केहि समय पछि केहि थाहा नपाउने भएर ओछयानको ओछयान भइन् । अरु दुईजनालाई पनि ठयाक्कै त्यस्तै भयो । कान्छोछोराले पनि आँखा देख्न सक्दैनन् हिडडुल गर्न भने सक्छन । यसैबीच लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा इटहरी उपमहानगरद्धारा मायाँ घर इटहरीमा रहेका ४७ जनालाई न्यायो कपडा वितरण गरिएको छ । उपप्रमुख गौतमले मायाँ घर इटहरीमा आश्रय लिएका ब्यक्तिहरुलाई न्यायो कपडा वितरण गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्