मोरङमा सात स्थानीय तहमा आधारभूत अस्पतालको शिलन्यास

मोरङमा सात स्थानीय तहमा आधारभूत अस्पतालको शिलन्यास

विराटनगर । मोरङका सात स्थानीय तहमा नयाँ आधारभूत अस्पतालहरु निर्माणको लागि शिलन्यास भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम एकै पटक थालेको हो । त्यसमध्ये मोरङमा सात स्थानीय तहका लागि आधारभूत अस्पताल निर्माण गर्न बजेट बिनियोजन गरिएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र नभएका तीन नगरपालिका र चार गाउँपालिकामा पाँचदेखि १५ शैयाको आधारभूत अस्पताल निर्माण हुने भएका हुन् । जसमध्ये बेलबारी, पथरीशनिश्चरे, लेटाङ, कानेपोखरी, केराबारी, बुढीगंगा र रतुवामाईमा नयाँ आधारभूत अस्पताल सोमबार शिलन्यास भएका छन् ।

मोरङको कानेपोखरीका बयरवनमा १५ शैया, बेलबारी नगरपालिकामा १५ र पथरीशनिश्चरे नगरपालिकामा १५ शैयाको अस्पताल शिलन्यास गरिएका छन् । यसैगरी बुढीगंगामा १० शैया, केराबारीमा १५ शैया र रतुवामाईमा समेत १५ शैयाको अस्पताल निर्माण हुने भएका हुन् । स्वास्थ्य मन्त्रालयले १५ शैयाको अस्पताल निर्माणका लागि १४ करोड र १० शैषको अस्पताल निर्माणको लागि ९ करोठ ९६ लाख रुपिँया बजेट बिनियोजन गरेको छ ।

कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले तत्काल काम गर्नका लागि रकम निकासा भईसकेको जानकारी दिनुभयो । अध्यक्ष काफ्लेसहित आधारभूत स्वास्थ्यचौकी निर्माणका लागि बजेट प्राप्त भएका स्थानीय तहहरुले सोमबार नै निर्माणको शिलन्यास गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्