४ जना सवार मोटरसाईकललाई ट्क्याक्टरले ठक्करदिदाँ १ को मृत्यु ३ जना घाईते

४ जना सवार मोटरसाईकललाई ट्क्याक्टरले ठक्करदिदाँ १ को मृत्यु ३ जना घाईते

विराटनगर । सुनसरी झोक्राह नरसिंह गाँउपालीका ८ मा आज विहान भएको सवारी दुर्घटनामा १ को मृत्यु ३ जना घाईते भएका छन् ।

४ जना सवार मोटरसाईकललाई ट्याक्टरले ठक्कर दिदाँ मोटरसाईकल चालक सहित ३ जना घाईते भएको सुनसरी प्रहरीले जनाएको छ । ट्याक्टरले मोटरसाईललाई ठक्कर दिदाँ १० बर्षिया बालिकाको घटना स्थल मै ज्यान गएको छ भने घाईते ३ जनाको गोल्डेन अस्पतालमा उपचार भईरहेको छ ।

ठक्करबाट मृत्यु हुनेमा १० वर्षिय बालिका रेहना खातुन हुन् भने मोटरसाईकल चालक ईरफान अन्सारी , १२ वर्षिय छोरी रुकसार खातुन र ७ वर्ष छोरा सुफिन अन्सारी गम्भीर घाइते भएको सिशुवा प्रहरी चौकीका ईन्चार्ज कृष्ण बास्तोलाले जानकारी दिए । बास्तोलाका अनुसार घटना स्थलबाट को. ११ प १२०० नम्बरको मोटरसाइकल घटना प्रहरीको नियन्त्रणमा भए पनि मोटरसाईकललाई ठक्कर दिने ट्याक्टर भने फरार रहेको प्रहरीले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिने ट्याक्टर भने फरार रहेको र खोजीकार्य तिव्र बनाइएको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्