रबिन्द्र बराल
रंगेली । ईलाका प्रहरी कार्यलय रंगेलीले अबैध रुपमा घरमा उत्पादन गरेको ६०० लिटर घरेलु मदिरा बरामद गरेको छ । मोरङको कानेपोखरी, रमाइलो, जदाह, दलेली लगायत स्थानबाट संकलन गरेर भारततर्फ लैजादैं गरेको अवस्थामा मदिरा बरामद गरिएको हो ।
प्रहरी डाईनिया, झपरतलका स्थानहरु बाट साता दिन भित्रमा बरामद गरेको मदिरा आन्तरिक राजश्व कार्यालयमा बुझाएको हो । ब्यपारीहरुले बिहानको समयमा साईकल र मोटरसाईक र टेम्पुको प्रयोग गरेर मदिरा ओसारपसार हुने गरेको ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक अनमोल खड्काले बताउनुभयो ।