विराटनगर । सुनसरी भोक्राहा नरसिंहा गाँउपालिका ८ मा बुधबार बिहान ४ जना सवार मोटरसाईकललाई ठक्कर दिएर फरार रहेको ट्याक्टरसहित चालक प्रहरीको नियन्त्रणमा आएको छ । भोक्राहा नरसिंह गाँउपालिका भित्री सडकखण्डमा को २ त २०२३ नम्बरको ट्याक्टरले को ११ प १२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिएर फरार रहेको थियो ।
ट्याक्टरको ठक्करबाट मोटरसाईकल पछाडी सवार रहेकी १० बर्षिया बालिका रेहना खातुनको घट्नास्थलमै मृत्यु भएको थियो। ठक्कर दिने ट्याक्टर र चालक सुनसरी गढी–२ का ३५ बर्षीय अनिल उराउ नियन्त्रणमा रहेको सुनसरी प्रहरीले जनाएको छ । साथै दुर्घटनामा अन्य मोटरसाईल चालक सहित ३ जना घाईते भएका थिए । उनीहरुको अहिले विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भईरहेको छ ।