विराटनगरमा ‘प्लाज्मा एप’, मेयर पराजुलीद्वारा शुभारम्भ

विराटनगरमा ‘प्लाज्मा एप’, मेयर पराजुलीद्वारा शुभारम्भ

विराटनगर । विराटनगर महानगरपालिकाले ‘प्लाज्मा एप’ सञ्चालनमा ल्याएको छ । ‘प्लाज्मा बैंक विराटनगर’ नाम गरेको एपको महानगरका मेयर भीम पराजुलीले एक कार्यक्रमकाबीच मंगलबार शुभारम्भ गर्नुभएको हो ।

एममार्फत व्यक्तिगत विवरण राखेर दाता र प्राप्तकर्ताबीच संमन्वय गराउने उद्देश्य राखिएको छ । जसलाई गुगल प्ले स्टोरमा गएर डाउनलोड गर्न सकिन्छ । व्यक्तिले एपमा संक्रमित भएको मिति, संक्रमणमुक्त भएको मिति राख्ने व्यवस्था छ । त्यसको अध्यावधिक विराटनगर महानगरपालिकाले गर्ने निर्माणकर्ताको भनाइ छ ।


संक्रमणमुक्त भएको ३० दिनभित्र प्लाजमा दान गरिसक्नु पर्नेछ । त्यस समयमा दान गर्न नपाउनेको महानगरले प्लाज्मा बैंकमा जम्मा गर्ने व्यवस्था मिलाउने छ । कार्यक्रममा महानगरकी उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, महानगर जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की , जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्