बेलबारी । मोरङको बेलबारी नगरपालिकाले शिक्षक दरबन्दि नभएका बिद्यालयहरुमा दरबन्दी कायम गरेर शिक्षकलाई पठाउन थालेको छ । दरबन्दि मिलान भएका १९ जना शिक्षक शिक्षकाहरुलाई आफनो कार्यक्षेत्रमा खटाई सकेको हो ।
धेरै शिक्षक भएको बिद्यालयमा थोरै बिद्यार्थी तथा धेरै बिद्यार्थी भएको बिद्यालयमा दरबन्दि अनुसार शिक्षक नभएपछि समानुपातिक आधारमा शिक्षकको दरबन्दि मिलान गरीएको बेलबारी नगरपालिका शिक्षा शाखाका अधिकृृत भुपेन्द्र कोइरालाले बताउनु भयो ।
नगरपालिकाले समानुपातिक आधारमा कक्षा १ देखी ८ सम्म संचालन भएका बिद्यालयहरुमा ४ वटा दरबन्दि कायम गरेको छ भने सवै माध्यमिक बिद्यालयमा ५ वटा दरबन्दि कायम गरेको छ । यसैगरी आधारभुत बिद्यालयहरुमा बिद्यार्थी तथा कक्षाका आधारमा दरबन्दि कायम गरिएको छ ।
दरबन्दि नभएका २ वटा माध्यमिक बिद्यालयमा एक एक जना शिक्षकलाई पठाई सकिएको छ नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले भन्नु भयो दरबन्दि अनुसार खालि रहेका बिद्यालयमा शिक्षकको ब्यबस्थापन गर्ने काममा नगरपालिका अगाडि बढि सकेको छ ।
संमायोजन भएर गएका शिक्षकहरुलाई नगर प्रमुख सुवेदीले बेलबारीको शैक्षिक गुणस्तरको चर्चा हुने गरी आफनो कार्य क्षेत्रमा लाग्न समेत निर्देशन दिनुभयो । बेलबारीमा माध्यमिक १२, निम्न माध्यमिक ८ र प्राथमिक ३० वटा बिद्यालय रहेका छन ।