विराटनगरका नौ स्थानमा एकै पटक दिपप्रज्वलन

<span class='c1'>विराटनगरका नौ स्थानमा</span> <span class='c2'>एकै पटक दिपप्रज्वलन</span>

विराटनगर । विराटनगरका ९ स्थानमा बुधबार साँझ एकै पटक दिपप्रज्वलन गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ कार्यालयको आयोजनामा ५ वटा मन्त्रालय परिसर सहित ९ स्थानमा एकै पटक दिपप्रज्वलन गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, विराटनगर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जनआन्दोलन चौक र राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ कार्यालयमा दिप प्रज्वलन गरिएको हो ।

अन्र्तराष्ट्रिय अपाङ्ग दिवसलाई सरकारी स्तरबाटै मनाउने निर्णय भएपनि अहिले सम्म कार्यान्वयन नभएपछि प्रदेशका मन्त्रालय, स्थानीय तह, प्रशासन कार्यालयमा पनि दिपप्रज्वलन गरिएको राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ कार्यालयका कार्यक्रम अधिकृत विमल वस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो,‘ आगामी बर्षदेखि मन्त्रालय तथा सरकारी कार्यालयहरुले दिवस मनाउन शुरु गरुन भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।’ कोभिड १९ पछि अपाङ्गता भएका व्यक्तिको पहुँच सरकारी कार्यक्रम, नीति र संरचनाहरुमा प्रभावकारी पहुँच स्थापित होस् भन्नका लागि पनि मन्त्रालय, स्थानीय तह लगायतका कार्यालयहरुमा कार्यक्रम गरिएको वस्नेतले बताउनुभयो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की, विभिन्न मन्त्रालयका सचिवहरु, अधिकारबादी संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिवद्धता भन्ने नारा सहित २९ औं अन्तर्राष्ट्रिय दिवस साताव्यापी रुपमा मनाईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्