दाउनी गर्न लागेको धानमा अज्ञात समूहद्धारा आगजनी

<span class='c1'>दाउनी गर्न लागेको धानमा</span> <span class='c2'>अज्ञात समूहद्धारा आगजनी</span>

विराटनगर । मोरङको रगेली नगरपालिका २ धिमधिमे स्थित इष्टर्न स्टार कृषि सहकारी  संस्थाको दाउनी गर्ने तयारीमा रहेको धानको कुन्यूमा अज्ञात समूहद्धारा आगजनी गरेको छ । करिब डेढ विगाहामा लगाएको धान काटेर थुपारेको ठाउँमै अज्ञात समूहद्धारा गत मंसिर १२ गते राती आगजनी भएको हो ।

संस्थाले मंसिर १३ गतेको लागी धान झार्न थ्रेसर लगाउने समयमा अघिल्लो रात नै दाउनीमा आगजनी भएको इष्टर्न स्टार सहकारी संस्थाकी व्यावस्थापक प्रतिशा जोशीले जानकारी दिनुभयो । ‘हामीले १२ गते अगाडी नै सबै धानहरु काटेर  राखेका थियौ जोशीले भन्नुभयो,तर अचानक कुन नियतले थुपारेको धाननमा आगो लगाईदिएछन् ।

‘तत्काल हामीले नजिकै रहेको धिमधिमे प्रहरी चौकीमा निवेदन दिएका छौँ ।’ सहकारीको आफ्नै जग्गामा धान खेति गर्दै आएको छ । अज्ञात समुहद्धारा लगाइएको आगजनीमा करिब १ लाख २० हजार मुल्य बराबरको धान नष्ट भएको सहकारीले जनाएके छ । यता ईलाका प्रहरी कार्यालय रंगेलीले भने घटनाबारे अनुसन्धान भईरहेको प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्