विराटनगरकी मोडल ‘रेश्मा घिमिरे ’को अमेरीकामा बस्ने डाक्टरसँग इन्गेजमेन्ट

विराटनगरकी मोडल ‘रेश्मा घिमिरे ’को अमेरीकामा बस्ने डाक्टरसँग इन्गेजमेन्ट

विराटनगर । पछिल्लो समय ‘टिकटक क्विन’ उपनामले परिचित नायिका तथा मोडल रेश्मा घिमिरे बैवाहिक बन्धनमा बाँधिने भएकी छन् । रेश्माले अमेरिकामा बस्दै आएका आफ्नो प्रेमी डा.प्रभात बासुसँग विराटनगरमा इन्गेजमेन्ट गरेकी छन् ।

पछिल्लो समय नेपाली म्युजिक भिडियोमा छाएकी रेश्माको बुधबार विराटनगरको होटल रत्नामा नजिकका आफन्तहरुको उपस्थितिमा इन्गेजमेन्ट गरिएको हो । नेपाली माझ उनी टिकटकमा समेत लोकप्रिय रहेकी छन् । नर्सिङ अध्ययन गरेकी रेश्माका प्रेमी डा.प्रभात पेशाले चिकित्सक हुन । उनी अमेरिकामा बस्दै आएका छन् ।
विराटनगरमा नियमित हुँदै आएको मिस पूर्वेली सुपर मोडल २०१४ की बिजेता समेत रहेकी रेश्माले करिब १ दर्जन बढी म्युजिक भिडियो र एउटा फिल्ममा अभिनय गरिसकेकी छिन् ।


उनको प्रेमीको स्थायी घर भने काठमाण्डौमा रहेको छ । रेश्मा भने विराटनगर ११ पिचरा निवासी हुन । उनीहरुको विवाहको मिति भने तय गरिएको छैन । रेश्मा भन्छिन् अहिले यो कोरोना माहामारीको बेला विवाहको तय गरिएको छैन हेरुम परिस्तथी सामान्य भएपछि हुनसक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्