‘लाइफ सेभिङ्ग’ औषधी सहज उपलब्ध गराउन व्यवसायीको माग

<span class='c1'>‘लाइफ सेभिङ्ग’ औषधी सहज</span> <span class='c2'>उपलब्ध गराउन व्यवसायीको माग</span>

विराटनगर । विरामीको ‘लाइफ सेभिङ्ग’ औषधीहरू राज्यले सहज रूपमा उपलब्ध गराउनुपर्ने औषधी व्यवसायीहरूले माग गरेका छन् । औषधी व्यवस्था विभागमा दर्ता भएका ‘लाइभ सेभिङ्ग’ औषधीहरू अहिले पनि बजारमा अभाव रहेको बताउँदै व्यवसायीले आयातमा सहजीकरण गरिनुपर्ने माग गरेका हुन् ।

नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले मोरङको लेटाङ्गमा आयोजना गरेको अन्र्तक्रिया तथा सुझाब संकलन कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले राज्यले विरामीका लागि आवश्यक पर्ने ‘लाइफ सेभिङ्ग’ औषधीहरू सहज रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए । सिन्डिगेट खडा गरि अहिले पनि राज्यले सीमित आपूर्तीकर्तालाई औषधी ल्याउन दिदा लाइभ सेभिङ्ग औषधी नपाउने गरिएको अध्यक्ष तिम्सिनाको भनाई छ ।

कार्यक्रममा संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जिल्लाभरीका व्यवसायीहरू एकताबद्ध भएर स्वच्छ र मर्यादित रूपमा व्यापार व्यवसाय संचालन गरिनुपर्नेमा जोड दिए । अवैध औषधी चोरी तस्करी गरि ल्याउने गरिएका कारण औषधी व्यवसायीको बद्नाम भएको भन्दै ढकालले त्यस्ता व्यक्तिलाई कारवाही गरिनुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्