तीन जिल्लाबाट लागुऔषधसहित पाँचजना पक्राउ

तीन जिल्लाबाट लागुऔषधसहित पाँचजना पक्राउ

विराटनगर । झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । यस्तै मोरङ र सुनसरीको विभिन्न स्थानबाट लागुऔषधसहित तीन जना समेत समातिएका छन् ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट ९.५ ग्राम लागुऔषध ब्राउनसुगर सहित अर्जुनधारा नगरपालिका–६ का २५ बर्षीय आशिष थापालाई पक्राउ गरेको हो । यसैगरी अर्जुनधारा नगरपालिका–९ बाट ३९ ग्राम लागुऔषध ब्राउनसुगर सहित बुद्धशान्ति गाउँपालिका–२ का २२ बर्षीय प्रिन्स खनाललाई पक्राउ गरिएको छ ।

यसैगरी सुनसरी र मोरङको दुई स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१० बाट स्थानीय ४८ बर्षीय पुर्ण बहादुर लिम्बु र धरान–११ का ५० बर्षीय साखुरा लिम्बुलाई लागुऔषध सहित पक्राउ गरेको हो । निजहरुको घर कोठामा नै लागुऔषध संचित गरी राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निजहरुको घर कोठाबाट डाइलेक्स डिसी ३६ बोतल, स्पास्मोप्रोक्सिवन प्लस ७२ क्याप्सुल, नाईट्रोसम ६ ट्याब्लेट, नगद २९ हजार ५०० समेत बरामद गरेको थियो ।

यसैगरी मोरङको कटहरी गाउँपालिका–१ बाट सोही गाउँपालिका–३ का २० बर्षीय अनुकेत माझी लागुऔषध सहित पक्राउ परेका छन् । निजको साथबाट प्रहरीले नाईट्राभेट ५०० ट्याब्लेट र डाईलक्स डि।सी। ७ बोतल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका पाँचैजनाकासम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालयले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्