अक्सिजनको मात्रा घटेपछि प्रदेश प्रमुख अधिकारीलाई काठमाण्डौं लैजाने तयारी

<span class='c1'>अक्सिजनको मात्रा घटेपछि प्रदेश प्रमुख</span> <span class='c2'>अधिकारीलाई काठमाण्डौं लैजाने तयारी</span>

विराटनगर । अक्सिजनको मात्रा एक्कासी घट्दै गएपछि प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अभिकारी प्यासीलाई थप उपचारका लागि काठमाण्डौं लाने तयारी गरिएको छ । कोरोना संक्रमित हुनु भएका अधिकारीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी गरिएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि केही दिनदेखि होम आइसोलेसनमा बस्दै आउनुभएका ७२ वर्षे प्यासीमा स्वासप्रस्वासमा समेत समस्या देखिएको छ । अक्सिजनको लेभल ९० भन्दा कम भएको र केही समयदेखि अक्सिजन लेभल नबढेका कारण थप उपचारका लैजाने तयारी गरिएको सचिवालयले जनाएको छ । उपचारका लागि काठमाण्डौं लैजान प्रमुख प्यासीलाई अहिले विराटनगर विमानस्थल पु¥याइएको खेमराज अधिकारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्