उदयपुरको सिमेन्ट खानीमा बम विस्फोट , ५ जना घाइते

<span class='c1'>उदयपुरको सिमेन्ट खानीमा  बम</span> <span class='c2'>विस्फोट , ५ जना घाइते</span>

उदयपुर जिल्लाको कटारी नगरपालिका ८ मर्जेतपुर स्थित सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा बम विस्फोट भएको छ । गएराती अज्ञात समूहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ४ वटा शक्तिशाली बम विस्फोट गराएको ईलाका प्रहरी कार्यलय कटारीले जनाएको छ ।
बम विस्फोट उछिटिएको ढुंगा लागेर दुर्गा बहादुर तामांङ बिष्णु बहादुर मगर,शिव शंकर मोत्तांन,सागर मोत्तान र नबीन मगर सहित ५ जना खानीमा काम गर्ने कामदार सामान्य घाइते भएको ईलाका प्रहरी कार्यलय कटारीका प्रमुख डिसपी हेमन्त भण्डारी क्षेत्रीले बताए ।
यस्तै बम विस्फोटबाट एउटा स्काईभेटर क्षति पुगेको छ भने सौर्य सिमेन्टको कर्मचारीको मोटरसाईकल सहित एउटा साइकल समेत जलेको कटहरी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भिमबहादुर दाहालका अनुसार ४ वटा बम विस्फोट भएको हुनसक्छ । बम विस्फोट कस्ले गराएको भन्ने अहिले कसैले जिम्मा लिएको छैन् । यस अघि पनि सौर्य सिमेन्टको ट्यांकर र स्काभेटरमा अज्ञात समूहले आगजानी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्