तस्करी गरेर सामान ल्याउने पाँचजना विराटनगरमा पक्राउ

<span class='c1'>तस्करी गरेर सामान ल्याउने</span> <span class='c2'>पाँचजना विराटनगरमा पक्राउ</span>

विराटनगर । भारतबाट अवैध रुपमा तस्कारी गरेर सामान ल्याउने ५ जना विराटनगरबाट पक्राउ परेका छन् । भारतबाट को २ ह ७४११ नम्बरको अटोमा अवैध रुपमा कुर्ता सरुवाल लगायत अन्य कपडा जन्य सामान ल्याउदै गर्दा विराटनगर १२ बाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिराटनगर महानगरपालिका वडा नं. १२ स्थित तालिम केन्द्रको बाटोमा सिआरभी पोष्ट जतुवा नहरबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको लेडिज स्विटर २४ पिस , कुर्ता ११३ पिस सहित उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले सामानसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी भन्सारमा बुझाइएको छ । पक्राउ पर्नेहरुमा बिराटगर महानगरपालिका वडा नं. १५ बस्ने वर्ष २० को रोहित कुमार साह, विराटनगर १६ बस्ने वर्ष १८ को राहुल कुमार यादव, वर्ष १९ को चन्दन कुमार राय, प्रमोद कुमार यादव र वर्ष १८ को विशाल कुमार शर्मा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्