विराटनगरमा सडकका कुकुरलाई स्केबिज रोग विरुद्धको ‘आईबरमेक्टिम’ खोप

विराटनगरमा सडकका कुकुरलाई स्केबिज रोग विरुद्धको ‘आईबरमेक्टिम’ खोप

विराटनगर । विराटनगरका युवा अभियानकर्मीहरुले महानगर क्षेत्रभित्र सडकमा खुला छाडिएका तथा घरपालुवा कुकुरहरुलाई स्केबिज रोग विरुद्धको खोप लगाउने अभियानको थालनी गरेका छन् । ‘स्केविज फ्री विराटनगर’ अभियान अन्तर्गत युथ ह्याण्ड्स फर भ्वाईसलेस संस्थाका युवा अभियानकर्मीहरुले कुकुरलाई स्केबिज संक्रमण रोग विरुद्धको खोप लगाउन थालेका हुन् ।

गत मंगलबारदेखि सुरु गरिएको अभियानको शुक्रबार चौथो दिन युवाहरुले बिशेषगरि सडकमा खुला छाडिएका १ दर्जन कुकुरलाई खोप लगाईदिएका हुन् । स्केबिजको ‘आईबरमेक्टिम’ खोप, कुकुरहरुमा छालासँग सम्बन्धित अन्य सबै प्रकारका रोगविरुद्ध लड्न प्रभावकारी साबित हुने संस्थाकी सदस्य शिल्पा सुवेदीले बताउनुभयो ।

स्केबिजलाई नेपालीमा लुतो भनिन्छ । कुकुरमा यो रोगको संक्रमण भएपछि शरीरको विभिन्न भाग चिलाउने, स–साना राता बिबिरा जस्तो घाउ देखिने, फोका वा गाँठो पर्ने तथा रौं झर्ने लगायतका लक्षणहरु देखा पर्ने संस्थाका सदस्य एवं भेटेनरियन प्रतिक कोईरालाले जानकारी दिनुभयो ।
मानिसहरुमा संक्रमण भएको ४ देखि ६ हप्तामा यो रोगको लक्षण देखापर्ने जनाईएको छ । सो अभियानमा नायिका तथा मोडल रेष्मा घिमिरेको उपस्थितीमा सोही अभियानका रमन अधिकारी, निराजन सिंह, स्वीकृति कोईराला, प्रशान्त रोकाया र वसन्त रोय लगायतका संस्थाका सदस्य लगायतले सडकका कुकुरहरुलाई लुतोको सुई लगाईदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्