कटुवा पेस्तोल सहित राजकुमार मण्डल पक्राउ, भारतबाट किनेर ल्याएको खुलासा

कटुवा पेस्तोल सहित राजकुमार मण्डल पक्राउ, भारतबाट किनेर ल्याएको खुलासा

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले कटुवा पेस्तोलसहित मोरङको सुनवर्षी नगरपालिका–५ बाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनवर्षी ५ का ४१ वर्षीय राजकुमार मण्डल रहेको मोरङ प्रहरीले जनाएको छ । सुनवर्षीको झुँगी चोकबाट उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । पक्राउ परेका मण्डलको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, दुईवटा गोली, १९ हजार तीन सय २५ रुपैयाँ नगद र मोबाइल बरामद गरेको छ ।


भारतको भागलपुरबाट उनले बिक्रीका लागि पेस्तोल ल्याएको खुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । मण्डलविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गतको मुद्दा चलाउन अनुसन्धान थालिने मोरङ प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्