विराटनगर । विगत ८ महिनादेखी बन्द रहेको सिमा नाका खुलाउनुपर्ने माग गर्दै नेपाल भारत खुला सिमा सम्वाद समुहले ३ दिनदेखी रानी भन्सारमा अनिश्चितकालिन धर्ना दिदै आएका छन् ।
सम्वाद समुहका केन्द्रीय अध्यक्ष राजिब झा को नेतृत्वमा भारत नेपाल सिमा रानि भन्सार नाकामा गत शुत्रबारदेखी एक घन्टा धर्ना दिदै आएका छन् ।
सिमा खुलाउन सांकेतिक आंदोलनको रुपमा दिउसो ३ बजे देखी ४ बजे सम्म हरेक दिन एक घण्टा धर्ना कार्यक्रम गर्दै आएका छन् ।
कोरोना भाईरस कोभिड १९ को महामारीका कारण गत चैत्र १० गते देखि बन्द रहेको नेपाल भारत सिमाको कारणले गर्दा सिमावर्ती क्षेत्रमा तस्करीको विगविगी बढेका कारण सिमा नाका खोलिनुपर्ने धर्ना कार्यक्रमका नेतृत्वकर्ता तथा जनता समाजवादी पार्टी मोरङ जिल्ला सदस्य मोहम्मद पÞmैयाजले बताए ।यता जिल्ला प्रशासन कार्यालय मोरङले भने यसबारे कुनै आधिकारीक निर्णय लिएको छैन ।