विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी, नेकपाको केन्द्रमा विवाद चर्कदै जाँदा जिल्लामा ओली पक्षीय छुट्टै भेला आयोजना गर्ने तयारी गरिएको छ । राष्ट्रिय युवा संघ नेपालको प्रदेश १ स्तरीय भेला आयोजनाको तयारी गरिएको हो ।
आगामी मंसिर २७ गते प्रदेश स्तरीय भेला आयोजना गर्न लागिएको साविक युवा संघ नेपालका केन्द्रीय सदस्य नेतृ सन्तोषी श्रेष्ठले जानकारी दिइन् । मोरङको गोठगाउँमा हुने भेलामा राष्ट्रिय युवा संघ नेपालका केपी शर्मा ओली पक्षधर युवा नेताहरुको सहभागिता रहने छ । पार्टी एकतामा दबाद दिन र स्थिर सरकारका लागी युवाहरुको भेला आयोजना गर्न लागिएको नेतृ श्रेष्ठले जानकारी दिइन् ।
पार्टीलाई विभाजनबाट रोक्नका लागि दबाब स्वरुप भेला गरिने साविक युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य रविन थापाले बताए । जस्तोसुकै परिस्थितिको सामना गर्न युवाहरु तयार रहेको नेता थापाको भनाई छ । प्रचण्ड–नेपाल समूहका युवाले चरम गुटबन्दी गरेर पार्टी विभाजनमा सघाउ पुर्यापएको ओलीपक्षका युवा नेताहरुले आरोप लगाउदै आएका छन् । नेता थापाको संयोजकत्वमा भेलाको आयोजना गरिदैछ ।